मनकामनाका तीर्थयात्री बोकेको भ्यान दुर्घटना : मृतक र घाइते सबै एउटै गाउँका (नामावली)

मनकामनाका तीर्थयात्री बोकेको भ्यान दुर्घटना : मृतक र घाइते सबै एउटै गाउँका (नामावली)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री बोकेको भ्यान दुर्घटना हुदाँ एक जनाको मुत्यु गएको छ। सोमबार बिहान साढे ११ बजे आँबुखैरेनी–गोरखा सडकखण्डको सहिद लखन गाउँपालिका–३ कन्टारमा दुर्घटना भएको हो।

दुर्घटनामा चितवन खैरहनी गाउँपालिका–२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जी रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दर्शन गरेर फर्कने दुर्घटना भएको उक्त माइक्रो सडकबाट करिब १५ मिटर तल खसेको थियो । दुर्घटनामा अन्य १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरूमा ४३ वर्षीय विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार, ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना रहेका छन् ।