भेनेजुएलामा देवतासरी पूजिन्छन् अपराधी, यस्तो छ कारण

भेनेजुएलामा देवतासरी पूजिन्छन् अपराधी, यस्तो छ कारण


एजेन्सी – गलत नियत भएका मानिसहरुको संगत कोही गर्न चाहँदैनन् । अपराधीहरुसँग सबै दूरी कायम गर्न चाहन्छन् तर संसारमा एउटा यस्तो पनि देश छ जहाँ अपराधिहरुलाई देवता सरह पुज्ने गरिन्छ । यो देश हो लेटिन अमेरिकी मुलुक भेनेजुएला ।

कच्चा तेलको ठूलो निर्यातक देश भेनेजुएलाको विश्वमा अमेरिकाको शत्रुको रुपमा पनि परिचित छ । यसकारण त्यस देशमा राजनीतिक उतार चढाव भैरहन्छ । भेनेजुएलामा पुराना र संसारबाट वितिसकेका अपराधीहरुको बुत बनाएर उनीहरुलाई पूजिन्छ ।धेरैको मनमा भेनेजुएलामा अपराधीलाई किन देवता बनाएर पूजिन्छ भन्ने प्रश्न उठ्छ ।

वास्तवमा भेनेजुएलामा ती अपराधिहरुको छवि ‘रोविनहुड’को जस्तै बनेको छ । ती अपराधीहरु धनीहरुलाई लुटेर सम्पत्ति गरिबहरुलाई बाँढ्ने गर्दथे । उनीहरुले कसैको हत्या गरेनन् । मात्र धनीहरुलाई लुटेर गरिबहरुलाई बाढि दिए । स्थानीय मानिसहरु भन्छन् मैलेंड्रोहरु राम्रो काम गरेर केही राम्रो पाउने अपेक्षा गर्छन् तर यदि उनीहरुलाई पुजिएन भने उनीहरु रिसाउन सक्छन् ।

हाम्रो परम्परमा कसैको कामना पुरा भएपछि भाकल पूरा गरिन्छ त्यसरी नै भेनेजुएलामा पनि सैंटोस मैलेंड्रोजलाई चढाइन्छ ।ती अपराधिहरुलाई देवतालाई दिइने रक्सी अर्पण गरिन्छ । यदि त्यहाँ कोही मानिसहरु केही कारणले तनावमा छन् भने पनि ती अपराधीको प्रतिमालाई चढाइन्छ ।
मानिसहरुको मान्यता त्यहाँ के छ भने ती सैंटोस मैलेंड्रोज चढाएपछि खुशी हुन्छन् र उनीहरुलाई बरदान दिन्छन् ।