भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई अमेरिकाले साढे दुई करोड डलर पुरस्कार दिने !

भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई अमेरिकाले साढे दुई करोड डलर पुरस्कार दिने !


काठमाण्डु- अमेरिकाले भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित निकोलस मदुरो पक्राउ गर्नेलाई करोडौं डलर पुरस्कार दिने घोषणा गरेको छ ।
अमेरिकाले तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन मदुरोलाई पक्राउ गर्ने यसअघि निकालेको सूचनामा थप रकम बढाउँदै २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।

शुक्रवार आगामी छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपतिमा भएको मदुरोको शपथ लिएका थिए । अन्तर्राष्ट्रिय समुदाय र विपक्षी दलहरूको निन्दाको छायामा उनको सपथग्रहण समारोह परेको थियो ।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्री दियोस्तादो कबेलोलाई पक्राउ गर्न सघाउने सूचना दिने वा उनी दोषी ठहर हुनसक्ने सूचनाहरू दिनेलाई पनि अमेरिकाले पुरस्कार घोषणा गरेको छ । त्यसैगरी रक्षामन्त्री भ्लादिमिर पद्रिनोबारे सूचना दिनेलाई अर्को एक करोड ५० लाख अमेरिकी डलर पुरस्कार तोकिएको छ ।

बेलायतले पनि न्यायाधीशहरूसहित सुरक्षा निकाय र सैनिक अधिकारीहरू सहित भेनेजुएलाका १५ जना शीर्ष अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । यस्तै युरोपेली संघले पनि भेनेजुएलामाथि प्रतिबन्ध थप बढाउने जनाएको छ । मदुरोका गतिविधिलाई लज्जाजनक भन्दै क्यानडाले पनि नयाँ प्रतिबन्ध लगाउने भनेको छ ।

मदुरो र उनको सरकारले पश्चिमा देशहरू र विपक्षी नेताहरूले लगाउँदै आएका कैयौँ आरोपहरू बारम्बार अस्वीकार गर्दै आइरहेको छ ।

अमेरिकाले किन तोक्यो पुरस्कार

अमेरिकाले सन् २०२० मा मदुरोमाथि लागेको लागु औषध र भ्रष्टाचारको मुद्दाका कारण मदुरोलाई पक्राउ गर्न सघाउनेलाई पुरस्कार दिने घोषणा गरिएको जनाएको हो । पाँच वर्षअघि अमेरिकाले मदुरो र उनको सरकारका अरू वरिष्ठ अधिकारीहरूमाथि लागुऔषध–आतंकवादको आरोप लगाएको थियो ।

अमेरिकाले मदुरो र अधिकारीहरूमाथि आफ्नो देशमा कोकिन आपूर्ति गरेर अमेरिकीहरूको स्वास्थ्यलाई कमजोर बनाएको आरोप लगाएको छ । मदुरोले उक्त आरोप अस्वीकार गरेका छन् ।

अमेरिकाले भेनेजुएलामाथि गतवर्ष तेलमा पनि प्रतिबन्ध लगाएको थियो । तर मदुरोले देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने अपेक्षामा ती प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो बनाइएका थिए ।

भेनेजुएलाका राष्ट्रपतिले आफ्नो देशको आर्थिक संकटको कारण अमेरिकी प्रतिबन्धहरू रहेको आरोप लगाएका छन् । उनले अमेरिकी प्रतिबन्ध अवैध र साम्राज्यवादी भएको आरोप समेत लगाउँदै आएका छन् । मदुरोका आलोचकहरूले भने उनीमाथि भ्रष्टाचार र आर्थिक अव्यवस्थाको आरोप लगाउने गरेका छन् ।

गत जुलाई २८ मा भएको निर्वाचनको परिणाम कैयौँ अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेका थिए । भेनेजुएलाका वामपन्थी छिमेकी देशहरू ब्राजिल र कोलम्बियाले पनि उक्त परिणाम अस्वीकार गरेका थिए ।

उनको पदबहाली पनि नियन्त्रित शैलीमा भयो । भेनेजुएलाका धेरैजसो मान्यताप्राप्त सञ्चार माध्यमहरूलाई उक्त कार्यक्रमको समाचार संकलन गर्न दिइएको थिएन । विदेशी पत्रकारहरूलाई देशमा रोक लगाइएको थियो । मदुरोका सहयोगी देशहरूको संख्या पनि घट्दो क्रममा छ । उनका सहयोगी इरान, चीन र रुस बाँकी विश्वबाट अलग जस्तो अवस्थामा छन् । मदुरोको पदबहालीमा क्युवा र निकरागुआका राष्ट्रपति मात्रै उपस्थित थिए ।

गएको जुलाईमा भएको निर्वाचनबाट ६२ वर्षका मदुरो निर्वाचित घोषणा भए पनि विपक्षी दलहरूले निर्वाचन परिणाम स्वीकार गरेनका छैनन् ।
अमेरिकाले पनि परिणाम अस्वीकार गर्दै निर्वासनमा रहेका नेता एडमुन्डो गन्जालिजलाई राष्ट्रपतिमा निर्वाचित भएको मान्यता दिँदै आएको छ ।

कैयौँ अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेको जुलाईको निर्वाचन परिणामको विषयलाई लिएर देशमा अशान्ति सुरु भएपछि ७५ वर्षका नेताले सेप्टेम्बरमा देश छोडेका थिए ।

मदुरो सरकारले उनलाई पक्राउ गर्न सहयोग पु¥याउने सूचना दिनेलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।