एजेन्सी – भेनेजुएलाको सीमामा विपक्षी दल गुएदोका समर्थक र प्रहरीबीच हिंसात्मक झडप भएको छ । झडपमा दुई जनाको मृत्यु भएको छ । अमेरिका लगायत अन्य मुलुकले सीमामा ल्याएको मानवीय सहयोगलाई मुलुकभित्र ल्याउन गरिएको प्रदर्शनका क्रममा गोली लागी दुईको मृत्यु भएको हो ।
राष्ट्रपति निकोलश मादुरोले मानवीय सहायता सामग्री प्रवेशमा रोक लगाउन ब्राजिलसँगको सीमा बन्द गरेको तथा कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि हिंसा सुरु भएको हो । देशभरका सीमावर्ती क्षेत्रमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबिच झडप भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सरकार विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका र गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता गुएदोका समर्थकले कोलम्बिया तथा ब्राजिलका सीमा क्षेत्रबाट अमेरिकासहितका देशबाट आएका मानवीय सहायता सामग्री ल्याउने प्रयास गरिरहेका छन् ।
राष्ट्रपति मदुरोले कुनै पनि मुलुकको मानवीय सहायता नलिने घोषणा गर्दै विभिन्न मुलुकसँगको सीमा बन्द गरेपछि सहयोग स्वरुप आएका खाद्यन्न लगायत अन्य वस्तु सीमामा नै रोकिएका छन् । गुएदोका समर्थक र प्रहरीबीच ब्राजिलको सीमामा झडप भएको थियो । झडपमा तीन सय भन्दा बढी घाइते भएका छन् । झडप रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । तर, प्रदर्शनकारीले सीमाको निषेधाज्ञा तोडेपछि प्रहरीले गोली चलाएको हो । साम्य हुँदै गएको भेनेजुएलामा पुनः प्रतिपक्षले गरेको विरोधले नयाँ मोड लिएको छ ।
यहि क्रममा झडप भएको हो । मुख्यतः देशको सेनाले अहिलेसम्म राष्ट्रपति मादुरोलाई साथ दिँदै आएको छ । तर केही सीमा क्षेत्रमा रहेका सुरक्षाबलका सदस्यले आफ्नो पोस्ट छाडेर विपक्षीलाई साथ दिएको खबर पनि आएको बिबिसीले उल्लेख गरेको छ । निकोलश मादुरोले देशका सीमा आंशिक रुपमा बन्द गरेका छन् । उनी देशमा सहायता सामग्री नभित्रियोस् भन्ने चाहन्छन् ।
विदेशबाट भेनेजुएलाका आएको सहायता सामग्री जुटाउनमा विपक्षी नेता गुएडोको भूमिका छन् । उनले आफ्ना नागरिकलाई सहयोगको खाँचो रहेको भन्दै सहयोगका लागि अपिल गरेका थिए र अमेरिकासहितका देशले सहायता सामग्री सीमावर्ती क्षेत्रमा लगेका छन् । यसमा खाद्यान्न, औषधिसहितका सामग्री छन् ।
प्रतिक्रिया