काठमाडौं- भेनेजुएला प्रकरणलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्टभित्र विवाद देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्य चिप्लिएको अभिव्यक्ति दिएपछि अर्का अध्यक्षले भने त्यसको कडा शव्दमा खण्डन गरेका छन् । उनले उक्त प्रकरणमा आफ्नो अडान कायमै रहेको बताए ।
नेकपाका अध्यक्ष प्रचण्डको विज्ञप्तिपछि नेपाल अमेरिका सम्बन्धमा चिसोपन आएको थियो । उनको वक्तव्यपछि प्रधानमन्त्री ओली र अमेरिकी राजदूत रेण्डी वेरीबीच एक घण्टा एक्ला एक्लै भेटवार्ता भएको थियो ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई खण्डन गर्दै नेकपाका अर्का अध्यक्ष प्रचण्डले सचिवालयले वक्तव्य दिइसकेकाले व्यक्तिले के भन्छ त्यसको अर्थ नरहने प्रचण्डले बताएका छन् । प्रचण्डले विहिवार चितवनमा संचारकर्मीसंग कुरा गर्दै भने ‘ प्रधानमन्त्रीजीसहित बसेको सचिवालय बैठकले त्यही स्पिरिटमा वक्तव्य जारी गरिसकेपछि व्यक्तिले कसले के भन्छ त्यसले अर्थ राख्दैन ।’
प्रचण्डले प्रधानमन्त्रीले कुन सन्दर्भमा कसरी भनेको भन्नेवारे भने आफु अनविज्ञ रहेको बताए । उनले स्वतन्त्र, सावभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिरी हस्तक्षेप नहोस् भन्ने उद्देश्यले आफूले राजनीतिक वक्तव्य दिएको स्पष्ट पारे । परराष्ट्र मन्त्रालयबाट जारी भएको वक्तव्य पनि त्यही स्परिटको भएको प्रचण्डको भनाई थियो ।
‘म मेरो वक्तव्यमा अडिक छु, सचिवालयले वक्तव्य जारी गरेर त्यो होइन, पार्टीको तर्फबाट जे वक्तव्य आयो, सरकारको तर्फबाट जे वक्तव्य आयो, त्यही आधिकारिक हो, त्यही नै सही हो भनेर प्रष्ट पारेको छ ।’ प्रचण्डले भने । उनले सचिवालयको वक्तव्य नै आधिकारीक भएपछि अरुले के भन्यो त्यसको अर्थ नहुने बताए ।
भेनेजुएला प्रकरणले नेपाल अमेरिकासम्बन्ध नविग्रने दाबी गरे । उनले स्वतन्त्र राष्ट्रका पार्टी र नेताहरुको राजनीतिक निर्णय स्वतन्त्र हुने बताए । प्रचण्डले यूएन चार्टरले दिएको अधिकारका आधारमा आफुले वक्तव्य जारी दाबी गरे ।
नेपालको शान्ति प्रक्रियाबारे राष्ट्रसंघ, युरोपेली युनियन र सात देशले जारी गरेको संयुक्त वक्तव्यको भने प्रचण्डले कडा स्वरमा विरोध गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशमा नभएको बेलामा यसरी वक्तव्य आउनु कूटनीतिक मर्यादाले पनि उपयुक्त नभएको बताए ।
प्रतिक्रिया