भेनेजुएला संकट : किन भइरहेको छ मडुरोको विरोध ?

भेनेजुएला संकट : किन भइरहेको छ मडुरोको विरोध ?


एजेन्सी – दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा नेता ख्वान ग्वाइदोका सहायकलाई देशको गुप्तचर निकायले पक्राउ गरेको छ। माथिल्लो सदनका उपाध्यक्षलाई सरकारी गुप्तचरहरूले गाडीसहित पक्राउ गरेको हो ।

आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका राष्ट्रिय सभाका अध्यक्ष हुवान गुवाइदोका समर्थक तथा उक्त सभाका उपाध्यक्ष एडगर जाम्ब्रानोलाई गुप्तचर संस्था सेबिनका अधिकारीहरूले बुधबार पक्राउ गरेका हुन्। गत महिना राष्ट्रपति निकोलास मदुरोविरुद्ध सैन्य विद्रोह गराउने प्रयासपछि साम्ब्रानो पक्राउ पर्ने पहिलो विपक्षी नेता हुन्। अमेरिकासमेत ५० राष्ट्रले ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन्।

सैन्य विद्रोहको प्रयास विफल पारिएको मदुरोको दाबी सैन्य विद्रोह विफल भएपछि भेनेजुएलामा हडताल, मदुरो सैनिकहरूमाझ तर मदुरोलाई रुस, चीन र भेनेजुएलाको सेनाको समर्थन छ र उनले सत्ता छाड्न अस्वीकार गर्दै आएका छन्। डेमोक्र्या्टिक एक्शन पार्टीका नेता कार्लोस प्रोस्पेरीले सेबिन भनिने गुप्तचर निकायले साम्ब्रानोलाई पक्राउ गर्नुभन्दा केही बेरअघि राजधानी कराकसमा आयोजित पार्टीको एउटा बैठकमा आफू उनीसँग भएको बताएका छन्।

“गाडी घेरियो,“ उनले भने, “उनीहरूले हामीलाई उनी (साम्ब्रानो) भएको ठाउँमा जान दिएनन्। उनीहरूले गाडी तान्ने ट्रक ल्याए र उनको गाडीलाई तानेर लगियो।“ साम्ब्रानोलाई एल एलिकोइद जेलमा राखिएको हुन सक्ने उनको भनाइ छ।  देशको सर्वोच्च अदालतले साम्ब्रानो र संसद्का अन्य छ उपाध्यक्षलाई असफल भएको सैन्य विद्रोहमा सहभागी भएको आरोपमा देशद्रोहको मुद्दा चलाउन आदेश दिएको भोलिपल्ट उनलाई पक्राउ गरिएको हो।

मदुरोलाई समर्थन गर्ने संविधानसभाका प्रमुखले “विद्रोहका एक मुख्य षड्यन्त्रकारी“ पक्राउ परेको र उनीहरूविरुद्ध मुद्दा चलाइने सरकारद्वारा सञ्चालित टेलिभिजनलाई बताए। मे १ मा सरकार तथा विपक्षी समर्थकहरूले राजधानीमा प्रदर्शन गरे। सुरुमा ती प्रदर्शन शान्तिपूर्ण नै थिए। तर पछि गोली चलेको विवरण आउन थाल्यो। त्यही दिन एक व्यक्तिको गोली लागेर मृत्यु भएको बताइएको छ।

सरकार र विपक्षी दुवै पक्षले आफ्ना समर्थकलाई सडक तताउन आह्वान गरेका छन्। मङ्गलवार ग्वाइदोले मदुरोलाई सत्ताच्युत गर्ने अभियानको “अन्तिम चरण“को घोषणा गरे। “वीर सैनिकहरू“को समर्थन आफूसँग भएको उल्लेख गर्दै उनले सैन्य पोसाक लगाएका मानिसहरूसँग खिचिएको आफ्नो भिडिओ सामाजिक सञ्जालमा हाले। उनले भेनेजुएलावासीलाई सडकमा आउन आह्वान गरे ।

आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका राष्ट्रिय सभाका अध्यक्ष हुवान गुवाइदोका समर्थक तथा उक्त सभाका उपाध्यक्ष एडगर जाम्ब्रानोलाई गुप्तचर संस्था सेबिनका अधिकारीहरूले बुधबार पक्राउ गरेका हुन्। उनलाई पार्टी कार्यालयमा कारमा रहेका बेला आएका गुप्तचरले उनको कारलाई उठाएर टो ट्रकमा हालेर आफ्नो मुख्यालय लिएका थिए। मडुरोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि मडुरो सरकार प्रतिपक्षी नेतालाई पक्राउ गरेको यो पहिलो पटक हो।