भेट्रान्स टेबल टेनिसको उपाधि राजेन्द्र र इन्द्रलाई

भेट्रान्स टेबल टेनिसको उपाधि राजेन्द्र र इन्द्रलाई


काठमण्डु – राजेन्द्र बज्राचार्य र इन्द्रशेखर खड्काले ओलम्पिक डेका अवसरमा आयोजित भेट्रान्स टेबल टेनिसको उपाधि जितेका छन् ।

४५ वर्ष माथिको प्रतियोगितामा सुमन शाक्यलाई पराजित गर्दै राजेन्द्रले उपाधि जितेका हुन् । सुशिल बज्राचार्य र अमिर बज्राचार्यले तेस्रो स्थान प्राप्त गरे । यस्तै ५५ वर्ष माथिको स्पर्धामा ईन्द्रले नेपाल टेलिभिजनका मनोहरि थापालाई पराजित गरे । तेस्रो स्थानमा प्रकास धाख्वा र सरदमान श्रेष्ठ रहे ।

बिजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले मेडल तथा पुरस्कार वितरण गरे । उक्त प्रतियोगितामा ४५ खेलाडीले सहभागिता जनाएको संघका उपाध्यक्ष एवं काठमाण्डु जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले बताए ।