भायानेटले ल्यायो ‘साम्बा प्याक’, यस्ता छन् विशेषता ?

भायानेटले ल्यायो ‘साम्बा प्याक’, यस्ता छन् विशेषता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ।

चर्चित नेपाली महिला राष्ट्रिय फुटबल टोली खेलाडी सावित्रा भण्डारी (साम्बा)बाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

साम्बा प्याकअन्तर्गत ५०Mbps, १०० Mbps, २०० Mbps र ३०० Mbps इन्टरनेट योजना उपलब्ध छन्। विशेष रूपमा १०० Mbps वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्। १०० Mbps को मूल्य ८,५०० (कर सहित) बाट शुरू हुनेछ।

भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ, जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ। उनको समर्पण, दृढता, र उत्कृष्टता ‘साम्बा प्याक’का मुख्य मूल्यहरू- गति, शक्ति र भरपर्दोपनको प्रतिविम्ब रहेको कम्पनीले जनाएको छ ।

थप जानकारी भायानेटको वेबसाइटबाट लिन सकिनेछ।