काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम तीन दिनपछि सरेको छ । उपराष्ट्रपतिको चियापान १६ गते साढे २ बजेका लागि तय भएको थियो । तर, त्यही दिन प्रमुख विपक्षी दल कांग्रेसको पनि चियापान परेपछि १९ गतेलाई सारेको हो ।
उपराष्ट्रपतिले आयोजना गरेको शुभकामना आदन प्रदान तथा जलपान समारोह २०७५ कात्तिक १९ गते सोमबार २ः३० बजे उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा हुने उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया