उपराष्ट्रपति पुनद्वारा तमू ल्होसारको शुभ शुभकामना

उपराष्ट्रपति पुनद्वारा तमू ल्होसारको शुभ शुभकामना


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले तमू (गुरुङ) समुदायको महान् पर्व तमू ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति शुभकामना ब्यक्त गरेका छन्।

सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरंगी सम्मिश्रण एवम् साझा संगमको रुपमा रही आएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहार्दताका लागि संसारभरि नै सुपरिचित छ। यतिधेरै विविधताबीच राष्ट्रिय एकता पाईनु हामी नेपालीहरुको विशेषता हो।’ उनले विभिन्न समुदायमा मौलिकताका साथ मनाईने चाडपर्वहरु नेपालीको साझा चाडपर्व हुन् भनेका छन्।

‘हाम्रा मौलिक धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरुले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै हाम्रो राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिंदै आएको हुँदा कुकुर वर्गको विदाई र मृग वर्गको स्वागत गर्दै मनाउन लागिएको पावन पर्व तमू ल्होछाररल्होसारले सम्पूर्ण नेपालीहरुका बीच आपासी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने र मौलिक संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनमा योगदान दिने अपेक्षा लिएको छु’ सन्देशमा भनिएको छ।