अस्लिल भिडियो भाइरल बनाउने भन्दै एक करोडको बार्गे्निङ गरेपछि…

अस्लिल भिडियो भाइरल बनाउने भन्दै एक करोडको बार्गे्निङ गरेपछि…


काठमाडौं – ललितपुरको कुपन्डोलस्थित एक व्यवसायीलाई अस्लिल भिडियो खिची डर धम्की देखाई एक करोड बार्गे्निङ गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने, पाँचथर हिलिहाङ–४ की हाल काठमाडौं सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती उर्फ निशा रहेका छन् ।

धम्की देखाईरहेको सूचनाका आधारमा वद्रीनाथलाई मंगलबार सांझ गौशालाबाट र ईन्दिरालाई बुधबार दिउंसो टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यवसायीको फेसबुक म्यासेन्जरमा सामान्य कुराकानी मात्र भएको हुन्छ। आफ्नो नाम निशा अधिकारी बताउने ती युवतीले व्यवसायीलाई फेसबुकमा एड गरेर साथी बनाएकी हुन्छिन्। उक्त व्यवसायीसंग कुरा गर्दै जांदा काम छ भनि उनको नम्बर मागेकी थिईन ।

उनी नम्बर पाउनासाथ गत असार ३ गते अफिसमा भेट्न गई आफ्नो घर झापा बुधवारे र नाम ईन्दु बताउदै व्यवसायीले थाहा नपाउने गरि मोबाईलको क्यामेरा खुल्ला राखी आफूले अंगालो मारी चुम्बन समेत गरेको रेकर्ड गरि फर्किएकी थिइन् ।

ईन्दिरा त्यहांबाट गएपछि गणेश लामाको नाम बताउंदै एक व्यक्तिले निज व्यवसायीलाई इमो मार्फत फोन गरि सो भिडियोको रेकर्ड आफूसंग रहेको भन्दै एक करोड रुपैयाको माग गरेका थिए । यदि पैसा नदिए यूट्युब तथा फेसबुकमा राििखदने बताउदै धम्काएका समेत थिए ।

प्रहरी खोजी सूचीमा रहेका उनीहरुलाई महाशाखाको टोलीले कार्तिक ६ गते गौशालाबाट पक्राउ गरेको छ। दुवैलाई अपराधिक लाभको कसूरमा अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको महाशाखाले उल्लेख गरेको छ।