विक्रम मिश्री भारतको विदेश सचिव नियुक्त

विक्रम मिश्री भारतको विदेश सचिव नियुक्त


काठमाण्डु – विक्रम मिश्री भारतको विदेश सचिव नियुक्त भएका छन् । मिश्रीले सोमबारबाट विदेश सचिवको जिम्मेवारी सम्हालेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

विनय मोहन क्वात्राको उत्तराधिकारी बनेका मिश्रीले कूटनीतिज्ञ र चीन विशेषज्ञको छबि बनाएका छन् ।

उनीसँग यसअघि चीन, स्पेन र म्यानमारका लागि भारतको राजदूतको रूपमा काम गरेको नुभव छ ।