संघीय मामिला मन्त्रालयद्वारा उपसचिव काफ्लेको अमेरिका भ्रमण रद्द

संघीय मामिला मन्त्रालयद्वारा उपसचिव काफ्लेको अमेरिका भ्रमण रद्द


काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जीतपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उपसचिव उर्मिला काफ्लेको अमेरिका भिसा रद्द गरेको छ ।

संयुक्त राज्य अमेरिका भ्रमणमा जान लागेकी काफ्लेको मनोनयन रद्द गरिएको पत्र मंगलबार उनलाई पठाइएको छ । मन्त्रीस्तरीय निर्णयबाट मनोनयन रद्द गरिएको मन्त्रालयका शाखा अधिकृत कुलशेखर अर्यालले जानकारी दिए ।

काफ्लेसहित १२ जना कर्मचारी पब्लिक फिनान्सियल म्यानेजमेन्ट विषयक ४ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन अमेरिका जान मनोनयनमा परेकोमा २ जना कर्मचारीको भिसा नै लागेको थिएन ।

यूएसएडले १७ जुलाई २०२४ मा पत्र लेख्दै ९–१२ सेप्टेम्बरसम्मको कार्यक्रमका लागि निम्तो दिएको थियो । मन्त्रालयले साउन ६ गतेमा उनलाई मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी अमेरिका जाने टोलीमा मनोनयन गरेको थियो ।