काठमाण्डु – चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण अंग्रेजी नयाँ वर्ष २०२५ जनवरी मध्यतिर हुने सम्भावना छ ।
नेपालले ९ जनवरीमा भ्रमण गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पुस ५ गते नयाँदिल्ली जाने तय भएको छ ।
‘प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक तयारी सुरु भइसकेको छ, त्यसकै लागि परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको भ्रमणको मिति र एजेन्डाबारे परराष्ट्रमन्त्रीको भ्रमणका बेला छलफल होला ।’
प्रधानमन्त्री ओलीले यसपालि भारतभन्दा पहिले चीनबाट भ्रमण गरेका छन् । चीनबाट फर्केलगत्तै उनले अब भारत जाने बताएका थिए ।
प्रतिक्रिया