पुरुष भलिबलको फाइनलमा नेपाललाई हराउँदै उज्वेकिस्तान विजयी

पुरुष भलिबलको फाइनलमा नेपाललाई हराउँदै उज्वेकिस्तान विजयी


काठमाण्डु – २० वर्षमुनिको काभा पुरुष भलिबल च्याम्पियनशिपको फाइनलमा नेपाललाई हराउँदै उज्वेकिस्तान विजयी भएको छ ।

श्रीलंकाको कोलम्बोमा भएको फाइलनमा उज्वेकिस्तानसँग पराजित भएसँगै नेपाल उपाधि जित्न असफल भएको छ । उज्वेकिस्तानसँग ३–१ को सेटमा नेपाल पराजित भएको छ ।

पहिलो सेट जितेको नेपालले त्यसपछिका ३ वटा सेटमा लगातार हार व्यहोर्‍यो । शुक्रबारको खेलमा नेपालले तुर्किमिनिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।

तुर्किमिनिस्तानसँग समान अंक भए पनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको छ । उज्वेकिस्तान समूह चरणका सबै ५ खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो ।