काठमाडौं- कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गरि दिन चीनका पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । मंगलबार अपरान्ह भएको भेटमा नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारहरुलाई कार्यबहाक राष्ट्रपतिले चीनमा प्रचार प्रसार गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन आग्रह गर्नुभएको हो ।
कार्यबहाक राष्ट्रपतिलाई भेट्न अल चाईना जर्नालिस्ट एशोसिएसनका महासचिव पान काङ नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डल उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेको थियो । भेटमा कार्यबहाक राष्ट्रपतिले नेपाल आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको समेत बताउनुभयो ।
‘नेपाल आर्थिक समृद्धिको मार्गमा छ । जलविद्युत, कृषि, पर्यटन, जडिबुटी क्षेत्रको विकास र पूर्वाधार निर्माण नेपालको समृद्धिको आधार हुन्’, उहाँले भन्नुभयो, ‘चिनियाँ पत्रकार मित्रहरुलाई मेरो आग्रह छ, नेपालको पर्यटनको बारेमा चीनमा प्रचार प्रसार गरिदिनुस्, ताकी धेरै भन्दा धेरै चिनियाँ मित्रहरु नेपालको भ्रमणमा आउन् ।’
कार्यबहाक राष्ट्रपतिले चीन र नेपालका पत्रकारहरुले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन योगदान दिनुपर्ने बताउनुभयो । ‘पत्रकारहरुले जनतालाई सु–सुचित गराउनुपर्दछ । त्यसका सँगसँगै मित्र राष्ट्रहरुको सम्बन्धलाई प्रगाढ बनाउन पनि योगदान दिनुपर्दछ’, नेपाल पत्रकार महासंघका अध्यक्ष लगातका पदाधिकारीहरु समेतको उपस्थितिमा उहाँले भन्नुभयो, ‘नेपाली र चिनियाँ पत्रकारहरुले दुई देशको सम्बन्धलाई जनस्तरसम्म थप प्रगाढ बनाउन मद्दत पु¥याउनु होस् ।’
कार्यबहाक राष्ट्रपतिसँगको भेटमा अल चाईना जर्नालिस्ट एशोसिएसनका महासचिव काङले नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउन दुई देशका पत्रकारहरुबीच बलियो सहकार्य भईरहेको बताउनुभयो । उहाँले समृद्धिका लागि नेपालले अत्यन्त सम्भावना बोकेको उल्लेख गर्नुहुँदै नेपालको पर्यटन प्रवद्र्धन लगायतको क्षेत्रमा आफूहरुको सक्दो सहयोग हुने बताउनुभयो ।
कार्यबहाक राष्ट्रपतिसँग यिपिनका उपमेयरको भेट
यसैबीच कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग यि पिन जनसरकार, सिचुवान चीनका उपमेयर चाङ्ग फिङ्गले शिष्टाचार भेट गर्नुभएको छ । उहाँले सोमबार दिउँसो कार्यबहाक राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको हो ।
प्रतिक्रिया