पुनःनिर्माणले गति नलिएकोमा उपराष्ट्रपति चिन्तित

पुनःनिर्माणले गति नलिएकोमा उपराष्ट्रपति चिन्तित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भूकम्पपछिको पुनःनिर्माण कार्यले अपेक्षित गति लिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार विहान खुम्जुङमा आयोजित विद्यालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै उनले पुनःनिर्माण कार्यले गति लिन नसक्नु दुःखद भएको बताए ।

 

 

 

उनले हिमालयन ट्रष्ट नेपालले विभिन्न दाताहरुको सहयोगमा निर्माण गरेको १५ वटा विद्यालयको भवन जिल्ला शिक्षा अधिकारीलाई हस्तान्तरण गरे । हिमालयन ट्रष्टले विभिन्न १५ विद्यालयमा ७० वटा कक्षा कोठाको भवन निर्माण गरेको छ । उपराष्ट्रपतिले खुम्जुङ माध्यामिक विद्यालयको पुनःनिर्मित भवनको उद्घाटन समेत गरे ।

 

 

 

‘विद्यालयका भवनमात्रै होइन भूकम्पले क्षति पु¥याएको अन्य संरचनाहरुको पुनःनिर्माणको कामले अपेक्षित गति लिन सकेको छैन’, उनले भने, ‘भूकम्प गएको तीन वर्ष पुग्न लाग्दा पनि पुनःनिर्माणका कामले गति लिन नसक्नु दुःखद कुरा हो ।’

 

कार्यक्रममा उपराष्ट्रपति पुनले विश्वका धेरै मानिसहरु नेपाललाई सगरमाथा र गौतम बुद्धको देशको रुपमा चिन्ने उल्लेख गर्दै सगरमाथाको देश भनेर नेपाललाई चिनाउने शेर्पा समुदाय भएको बताए । ‘हिमाल आरोहण तथा पर्यटनको माध्यामबाट विश्वमा नेपाललाई परिचित गराउने पहिलो समुदाय शेर्पा समुदाय हो’, उनले भने, ‘हिमाल आरोहण तथा पर्यटनको माध्यामबाट शेर्पा समुदायले हाम्रो राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो योगदान पु¥याईरहेको छ ।’

 

 

उपराष्ट्रपतिले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरीयताप्रति चिन्ता व्यक्त गर्दै खुम्जुङ माध्यामिक विद्यालयबाट सबैले सिक्नुपर्ने बताए । सगरमाथाको पहिलो आरोही एण्डमण्ड हिलारीले वि.सं. २०१८ मा स्थापना गरेका खुम्जुङ माध्यामिक विद्यालय ग्रामिण भेगको नमूना विद्यालयको रुपमा स्थापित भएको छ ।

 

 

उनले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन भव्यरुपमा सम्पन्न भएको उल्लेख गर्दै दोस्रो चरणको निर्वाचन पनि भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

 

 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश आर्थिक समृद्धितर्फ अगाडि बढ्ने उल्लेख गर्दै उनले भने, ‘समृद्ध नेपालका लागि सोलुखुम्बु र विशेषगरी यहाँका शेर्पा समुदायको ठूलो योगदान हुने मैले विश्वास लिएको छु ।’