उपराष्ट्रपति पुनका छोरा दिपेश यसरी खट्टिए बाढिपिडितको उद्दारमा

उपराष्ट्रपति पुनका छोरा दिपेश यसरी खट्टिए बाढिपिडितको उद्दारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा एवम् अखिल क्रान्तिकारीका नेता दीपेश पुन बाढीपीडितको उद्धारमा सक्रिय भएका छन्। आसन्न अखिल क्रान्तिकारीको अधिवेशनका लागी पुर्व क्षेत्रमा पुगेका दीपेश त्यहि छदा वाढी आएको थियो । लगातारको पानीका कारण पूर्वी तराई क्षेत्रको जनजीवन अस्तव्यस्त भएकै समयमा दीपेश सुनसरीको इटहरी पुगेका हुन् । उनी त्यहा उद्दार कार्यमा खटिएका छन् ।

 

पुनले सुनसरीका सम्पूर्ण कार्यक्रम स्थगित गरेर संगठन नै उद्धारमा लागेको बताएका छन्। उद्धारमा सक्रिय भएका तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गर्दै पुनले भनेका छन्, ‘सुनसरीका सम्पूर्ण कार्यक्रम स्थगित गरेर सुनसरीको संगठनको सम्पूर्ण शक्ति उद्वारमा लाग्यो।’

 

पुन यसअघि समेत संकटको समयमा उद्धारमा सक्रिय हुने गरेका थिए। २०७२ वैशाखमा आएको शक्तिशाली भूकम्पपीडितको उद्धारमा समेत सक्रिय रहेका पुन हिमाली क्षेत्रमा हिउंमा पुरिएका सर्वसाधारणको उद्धारमा समेत खटिएका थिए । पुनले आगोले जलेर मृत्युको मुखमा पुगेका राउटे युवालाई आफनै पहलमा राजधानीमा ल्याएर उपचार गराएपछि उनको चर्चा अझ बढी भएको थियो ।

 

तराई पुगेर बाढीपिडितको उद्दारमा पुन अहोरात्र खटिएपछि सामाजिक संजालमा उनको सवैले प्रशंसा गरेका छन् । उनि अखिल क्रान्तिकारीको पहिलो पटक हुन लागेको चुनावमा महासचिवको दावेदार समेत छन् ।