वाइडवडी विमान प्रकरणः मन्त्री अधिकारीमाथि कारबाही !

वाइडवडी विमान प्रकरणः मन्त्री अधिकारीमाथि कारबाही !


काठमाडौं – वाइडवडी विमान खरिद प्रकरणमा अनियमितता गरेको भन्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कारबाहीका लागि सिफारिस गरिने भएको छ ।

संसदको सार्वजनिक लेखा समितिले पूर्वमन्त्रीसहित बहालवालामन्त्रीलाई पनि कारबाहीका लागि सिफारिस गर्ने तयारी गरेको हो । कारबाहीमा पर्नेहरुमा बहालवाला मन्त्री अधिकारी पूर्वमन्त्रीहरू दिलनाथ गिरी, जीवनबहादुर शाही र जितेन्द्र नारायण देवलाई पनि कारबाहीको सिफारिस गरिएको छ ।

समितिले तयार पारेको ५७ पृष्ठ लामो प्रतिवेदनमा ५० भन्दा बढी निष्कर्ष र सिफारिस गरिएको छ । बुधवार दिउँसो ११ बजे मात्र प्रतिवेदन समितिलाई बुझाउने तयारी गरिएको छ । हालसम्म पेस भएको प्रमाणका आधारमा ३ अर्ब ७७ करोड अनियमितता भएको ठहर गरिएको छ ।

समितिको बैठकमा मन्त्री अधिकारीले महालेखा परिक्षककै सुझावअनुसार विमानको किस्ता बुझाउन अनुमती दिएको बताएका थिए । तर, अधिकारीको उक्त भनाईको खण्डन गर्दै महालेखा परिक्षकले मन्त्रीले झुट बोलेको पोल खोलेका थिए ।