युद्ध अन्त्य गर्न इजराइलले हमासलाई पठायो शान्ति प्रस्ताव

युद्ध अन्त्य गर्न इजराइलले हमासलाई पठायो शान्ति प्रस्ताव


काठमाण्डु-इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको छ । गाजामा पछिल्लो ८ महिनादेखि जारी युद्ध अन्त्यका लागि इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको हो ।

समाचार संस्था अलजजिराका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले कतारको माध्यमबाट उक्त शान्ति प्रस्ताव हमासलाई पठाइएको बताए । उनले शान्ति प्रस्तावमा युद्धविराम, इजराइली बन्धकलाई रिहा र गाजाको बस्ती क्षेत्रको पुर्ननिर्माण जस्ता विषय रहेको जानकारी दिए ।
शनिवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले शान्ति चाहने प्रत्येकलाई आवाज उठाउनु पर्छ भन्दै युद्ध अन्त्य गर्ने समय आएको बताए ।

उनले यस शान्ति प्रस्तावको पहिलो चरणमा ६ हप्ताको सिजफायर समावेश गरिएको छ । यस अवधिमा हमास र इजराइलले अक्टुरमा सुरु भएको युद्ध अन्त्यको विषयमा छलफल गर्नेछन् ।

यसअघि हमासले इजराइलले पठाएको शान्ति प्रस्ताव इजराइलले अस्विकार गरिदिएको थियो। हमासको प्रस्तावमा इजराइली सैनिकलाई तत्काल गाजा छाडेमा बन्धकलाई रिहा गर्ने विषय समेटिएको थियो ।

पछिल्लो समय गाजाबाट युद्धका कारण रफाहमा शरण लिएर बसेकाहरूमाथि इजराइलले आक्रमण सुरु गरेपछि अमेरिका युद्ध अन्त्यका लागि आफै सक्रिय भएर अघि बढेको छ ।