काठमाण्डु– विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ ।
आइतबार बाँडफाँट भएको एफपीओमा ५ हजार १२९ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।
यसमा १९ लाख २० हजार ९३९ जनाले आवेदन दिएकामा २ हजार ५२३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएको छ ।
कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म कुल ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको थियो । एफपीओको नतिजा विन नेपालको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो सेयर र सीडीएस एन्ड क्लियरिङको आइपीओ नतिजा हेर्न वेबसाइट बाट हेर्न सकिन्छ ।
प्रतिक्रिया