काठमाडौंसहित पश्चिम नेपालमा विहानैदेखी वर्षा, हिमपहिरो जान सक्ने अनुमान

काठमाडौंसहित पश्चिम नेपालमा विहानैदेखी वर्षा, हिमपहिरो जान सक्ने अनुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रका धेरै ठाउंमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हुम्ला, डोल्पा, जुम्लालगायत हिमाली जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले हिंउदे वर्ष बलियो खालको भएकाले पहाडी र हिमाली क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले पश्चिम नेपालका कतिपय क्षेत्रमा पहिरो र हिमपहिरो जान सक्ने दावी समेत गरेका छन् ।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाको तीन दिनको अनुमान

माघ २४ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। पश्चिमि र मध्य भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा र पूर्वि भेगका केहि स्थानहरुमा हल्का वर्षा हुने प्रबल संभावना देखिन्छ साथै पश्चिमि र मध्य भु-भागको थोरै स्थानहरुमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने मध्य र पश्चिमी उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ|

राति : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ|

माघ २५ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ|

राति : देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ साथै पूर्वी भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना छ | देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

माघ २६ गते (शनिवार)

दिउँसो : देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य बदलि रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ। देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

राति : देशको मध्य र पूर्वी भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पश्चिमि भेगमा सामान्यतया सफा रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ।देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।