प्रि–विडिङ कोर्समा फेल भए विवाह गर्न नपाइने !

प्रि–विडिङ कोर्समा फेल भए विवाह गर्न नपाइने !


एजेन्सी – मनमा जे भएपनि मानिस विवाहाबाट भाग्ने गर्छन् । विवाहको बारेमा एउटा कहावतनै छ कि, विवाहको लड्डु जसले खान्छ उ पनि पछुताउछ र न खाने पनि पछुताउछ । यो भनाई आजपनि व्यापक लोकप्रिय रहदै आएको छ ।

तर विवाहको अध्ययननै सुरु भयो भने के हुन्छ ? एसियाको एक देशमा प्रि–विडिङ कोर्स सुरु गर्ने विषयमा विमर्श हुन थालेको छ । जसमा जोडीलाई विवाहपछि हुने परिवर्तको बारेमा शिक्षित गरिनेछ ।

यो कोर्स दक्षिण–पूर्वी एसियाको देश इन्डोनेसियामा सुरु हुन गइरहेको छ । यो प्रि–विडिङ कोर्समा विवाह गर्न लागिरहेका जोडिलाई स्वास्थ्यमा ध्यान राख्न, बिमारीबाट बच्न तथा बच्चको हेरचाहको टिप्सको तालिम दिइनेछ । जसको माध्यमबाट जोडीले एक सफल विवाहका सुरुवात गर्न सकुन् ।

जकार्ता पोस्टका अनुसार यो कोर्स २०२० मा सुरु हुनेछ । यो निःशुल्क गराइनेछ । यो कोर्स इन्डोनेसियाको ह्यूमन डेभलपमेन्ट एन्ड कल्चर अफेयर्स तथा मिनिस्ट्रि अफ रिलिजन एन्ड मिनिस्ट्रि अफ हेल्थ मिलेर तयार पारेको हो ।

धार्मिक मामिलाका एक अधिकारीले भनेका छन्,“सबै दिमागमा यदी जोडी फेल भयो भने के गर्ने भन्ने विषयको जिज्ञासा आइरहेको छ । यसको जवाफमा यदी जोडी यो कोर्समा फेल भयो भने विवाह गर्न पाउने छैनन् ।” यो कोर्स तीन महिनाको हुनेछ र यदी कुनै जोडी यो कोर्समा फेल भए भने उनीहरुलाई इन्डोनेसियाको सरकारले विवाह गर्ने अधिकार दिनेछैन ।