काठमाण्डु-इङ्गल्यान्डलाई ५ विकेटले पराजित गर्दै चौथो टी२० खेलमा वेस्ट इन्डिजले जित हात पारेको छ । इंग्ल्याण्डले दिएको २१९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा २२१ रन जोडेको हो ।
वेस्ट इन्डिजको जितका लागि प्रारम्भिक जोडी एभिन लेविस र साइ होपले ९ ओभरमा १३६ रनको साझेदारी गरेका थिए । १० औँ ओभरको पहिलो बलमा रेहन अहमदको बलमा लेविस आउट भएपछि सो साझेदारी टुटेको थियो । सो समयमा खेल वेस्ट इन्डिजको पक्षमा पुगिसकेको थियो । लेविसले ३१ बलमा ४ चौका र ७ छक्काको सहयोगमा ६८ रन प्रहार गरे ।
त्यसपछिको बलमा अर्का प्रारम्भिक ब्याट्सम्यान साइ होप रन आउट भएका थिए । उनले २४ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५४ रन जोडेका थिए ।
अहमदले लगत्तै अर्को बलमा निकोलास पूरणलाई पनि डक आउट गरेका थिए । १० औं ओभरको पहिलो ३ बलमा ३ विकेट लिनुका बाबजुद इंग्ल्याण्ड खेलमा फर्कन भने असमर्थ रह्यो ।
प्रतिक्रिया