पश्चिम सेतीको प्रतिवेदनमा कुनै निर्णय भएको छैन : लगानी बोर्ड

पश्चिम सेतीको प्रतिवेदनमा कुनै निर्णय भएको छैन : लगानी बोर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ं– लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको विकास कर्ता कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन (सिटिजिआइ)ले बुझाएको प्रतिवेदनका विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

प्रदेश ७ मा अवस्थित ७५० मेगावाट क्षमताको उक्त परियोजना सिटिजिआइले परियोजना आर्थिकरुपमा सम्भाव्य बनाउने विषयमा थप स्पष्ट पत्राचार गरेको र लगानी बोर्डको २५औँ बैठकले सो सम्बन्धमा सुझाव दिन गठित समितिले प्रतिवेदन बोर्डसमक्ष पेश गरेको बोर्डले जनाएको छ।

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सिटिजिआइले पेश गरेको प्रतिवेदन विचाराधीन अवस्थामा रहेको र सो सम्बन्धमा कुनै निर्णय नभएको उल्लेख छ ।

उक्त परियोजनाका विषयमा सार्वजनिक भएको बजेट वक्तव्यसँग जोडेर सञ्चारमाध्यममा आएको समाचारप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । रासस