उर्जामन्त्री पुन र मुख्यमन्त्री भट्टबीच भेटवार्ता : पश्चिम सेती आयोजना अघि बढाइदिन आग्रह

उर्जामन्त्री पुन र मुख्यमन्त्री भट्टबीच भेटवार्ता : पश्चिम सेती आयोजना अघि बढाइदिन आग्रह


काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सातवटै प्रदेशमा जलविद्युतका मेगा प्रोजेक्ट (ठूला आयोजना) बनाइने बताएका छन्।आफूलाई सिंहदरबारमा भेट्न आएका प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती आयोजना अगाडि बढाउन पहल गरिदिन आग्रह गरेपछि मन्त्री पुनले भने, ‘सातवटै प्रदेशमा मेगा प्रोजेक्ट बनाउने सरकारको योजना अनुसार प्रदेश ७ मा पनि एउटा ठुलो आयोजना बन्छ।’

मन्त्री पुनले पश्चिम सेती जलविद्युत आयोजनालाई अगाडि बढाउन संघ सरकार सकारात्मक रहेको र त्यसका लागि अध्ययन भइरहेको बताए।सिंचाइ, जलविद्युतसँग सम्बन्धीत केही अधिकार संविधानले नै ग्यारेन्टी गरेको उल्लेख गर्दै मन्त्री पुनले संघ र प्रदेश सरकारबीच समन्वय गरेर आयोजना अगाडि बढाइने बताए।

मन्त्री पुुनसँगको भेटमा मुख्यमन्त्री भट्टले प्रदेश ७ मा जलविद्युतका थुुप्रै सम्भावना रहेकाले प्रदेश सरकार संघसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए।

मुुख्यमन्त्री भट्टले लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना जुुनसुुकै मोडालिटीमा भएपनि अघि बढाइदिन मन्त्री पुुनसँग आग्रह गरे।
यसैगरी, कर्णाली नदीबाट सुविधासम्पन्न नहर निर्माण गरेर सिंचाइ सुुविधा पुुर्याउने उद्देश्यले निर्माणाधिन रानीजमरा सिंचाइ आयोजनाको काम द्रुत गतिमा अगाडि बढाइदिन पनि उनले आग्रह गरे।