काठमाण्डु – राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक डेभ वाट्मोरले पदबाट राजीनामा दिएका छन् ।
आईसीसी विश्वकप लिग–२ का लागि ओमान भ्रमणमा रहेका ह्वाटमोरले शुक्रबार राजीनामा दिएका हुन् । उनले इमेलमार्फत नेपाल क्रिकेट संघलाई राजीनामा बुझाएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।
त्यस्तै भारतीय समाचार संस्था न्युज नाइनले आफ्नो ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएको छ । सो सञ्चार माध्यमले वाटमोरको ब्यवस्थापक कम्पनी फस्ट स्पोर्टस इभेन्ट वानलाई उदृत गर्दै राजीनामा दिएको पुष्टि गरेको हो ।
क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानसंग एक वर्षको सम्झौता गरेका उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन् ।
प्रतिक्रिया