काठमाण्डु- केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम जनवरी १ तारिखदेखि नचल्ने भएको छ । अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।
ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गरेका हो ।
१० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड÷आईओस)मा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।
यस्तै, सामसङको ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनीमा पनि ह्वाट्सएप र फेसबुक चल्ने छैन ।
मोटोरोलाको माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४ तथा एचटीसीको वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ प्नि ह्वाट्सएप र फेसबुक बन्द भएको छ ।
यसैगरी, एलजीको अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९०, सोनीको एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी, एन्ड्रोइडको ४.१ (जेल बिन)भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।
यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लसमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।
प्रतिक्रिया