काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणले फाइभ सी मर्मतका लागि स्वीकृती नदिएका संस्थालाई नेपाल वायु सेवा निगमले छनोट गरेको खुलासा भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वीकृती नदिएको संस्थालाई फाइभ सी मर्मतको लागि छनोट गरेपछि प्राधिकरणले स्वीकृति नदिएको संस्थालाई किन छनोट गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
अधिकारीले आर्थिक प्रलोभनमा परेर नेपाल एयरलाइन्सका न्यारोबडी जहाजको सी चेक गर्न भन्दै रिवेयर नेपाल प्रालि (एमआरओ चाइना साउथन एयरलाइन्स कम्पनी लिमिडेट शेनयाङ मेन्टेनेस बेस चीन) कम्पनीसंग दुईपक्षीय सम्झौता गरेका थिए । प्राधिकरणबाट अनुमति नलिएर सम्झौंता गरेपछि क्यानले एक्सन गरेको हो । उनले नेपाल एयरलाइन्सको जहाज जनवरी १० मा चीन पठाउन अनुमति समेत मागिसकेका थिए ।
प्राधिकरणको फ्लाइट सेफ्टी स्टायन्डर्ड विभाग सिनामंगलले स्वीकृति नपाएको संस्थालाई छनोट गरेको भन्दै वायु सेवा निगम कान्तिपथका निमित्त एकाउन्टेवल म्यानेजर डोलेश्वर कोइरालालाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
मर्मत सम्भारका लागि प्राधिकरणले स्वीकृती नदिएको संस्थालाई फाइभ सी मर्मतको लागि किन छनोट गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।
विभागका एयर बर्दिनेश महाशाखा प्रमुख ईञ्जिनियर रितेशराज पन्तले सोधेको स्पष्टीकरणमा तोकिएको समयभित्र स्पष्टीकरण पेश नभएमा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिइएको छ । स्पष्टीकरण २३ पुसमा सोधिएको हो ।
निगमले सेनयाङ चाइनामा निगमको नाइन एम एकेडब्ल्यु ए थ्री टु जिरो विमान मर्मतका लागि फेरि फ्लाइट गर्न अनुमति मागेको थियो ।
प्राधिकरणले सेनयाङ चाइनालाई मर्मत सम्भारको अनुमति दिएको छैन । अनुमति नै नदिएको संस्थामा मर्मत सम्भारका लागि अनुमति माग भएपछि प्राधिकरणले प्रष्टीकरण सोधेको हो ।
प्रतिक्रिया