महिला एसिया कप : पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा, भारतसँग उपाधि भिडन्त

महिला एसिया कप : पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा, भारतसँग उपाधि भिडन्त


काठमाण्डु-एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको हो ।

यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया कपटको फाइनलमा नवौं पटक पुगिसकेको छ ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको शानदार जित निकालेको हो ।

यता प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफानलमा भने श्रीलंकाले कठिन जित निकालेको हो । सुरुमा ब्याटिङ गरेको पाकिस्तानले मात्र ४ विकेटको क्षतिमा दिएको १४१ रनको चुनौती एक बल बाँकी हुँदा श्रीलंकाले ७ विकेटको क्षतिमा १४१ रन बनाउँदै भेट्टाएको हो ।

आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ । यो खेल आइतबार दिउँसो ३ः१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा सुरु हुनेछ ।

दुई समूहमा विभाजन गरिएका आठ टिमध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल भेट पक्का गरेका हुन् ।

प्रतियोगितामा सहभागी भएको नेपाल भने समूह चरणबाटै बाहिरिएको छ । तीन खेल खेलको नेपालले यूएईविरुद्ध ६ विकेटको जित निकालेको थियो । समूह चरणकै भेटमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल भारतसँग ८२ रनले स्तब्ध भएको थियो ।