चार देशीय टी–२०को चौथो खेलमा नेपालले आज नामिबियासँग खेल्दै

चार देशीय टी–२०को चौथो खेलमा नेपालले आज नामिबियासँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा बुधबार नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो । यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ ।

नेपालले अर्को खेल बिहीबार युगाण्डासँग र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका छ ।