वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल र युगान्डा खेल्दै

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल र युगान्डा खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा बिहीबार नेपाल र युगान्डा खेल्दैछन् । यो खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार दिउँसो ४ बजेपछि शुरू हुनेछ ।

यसअघिको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो । यसअघि बुधबार भएको खेलमा नेपाल नामिबियासँग फेरि २३ रनले पराजित भएको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यस्तै नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।

नेपालले शुक्रबार हङकङसँग फेरि खेल्नेछ । नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।