काठमाण्डु-एसिसी एसिया कप महिला क्रिकेट अन्तर्गत आज उपाधिका लागि भारत र श्रीलङ्काबीच भिडन्त हुँदैछ ।
श्रीलङ्कामा जारी सन् २०२४ को एसिया कपको फाइनल खेल दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।
रनगिरी डम्बुला इन्टरनेशन स्टेडियममा हुने आजको खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ ।
हरमनप्रित कौरको कप्तानीमा रहेको साविक विजेता भारतीय टीम ८ औँ पटक उपाधि उचाल्न चाहन्छ भने श्रीलङ्का पहिलोपटक उपाधिको खोजीमा रहने छ ।
चामरी अथपथ्थुको कप्तानीमा रहेको श्रीलङ्कन महिला टीम हालसम्म ५ पटक फाइनलमा पुगेर पनि उपाधि उचाल्न सकेको छैन । त्यसकारण आजको खेलमा भारतलाई पराजित गर्दै श्रीलङ्कन टीम आफ्नो रनरअपको ट्याग पनि हटाउन चाहन्छ ।
प्रतिक्रिया