महिला म्याराथनमा श्रीलंकाले स्वर्ण पदक जित्यो, नेपालले रजतमा चित्त बुझायो

महिला म्याराथनमा श्रीलंकाले स्वर्ण पदक जित्यो, नेपालले रजतमा चित्त बुझायो


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् ।

उनले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् । पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् । भण्डारीले रजतमा चित्त बुझाइनु परेको छ ।

दौडमा नेपालका दुई, भारतका दुई गरी आठ प्रतिस्पर्धी थिए । पुरुषतर्फको स्पर्धामा भने नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका छन् ।