महिला टी–२० विश्वकप : अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

महिला टी–२० विश्वकप : अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा दक्षिण अफ्रिका प्रवेश गरेको छ । बिहीबार दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १८ औं ओभरमा दोस्रो बलमा पुरा गरेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १३४ रनको योगफल खडा गरेको थियो ।

दक्षिण अफ्रिकाले उपाधिका लागि न्युजिल्यान्ड र वेस्ट इन्डिजबिचको विजेतासँग खेल्ने छ । गत संस्करणमा पनि फाइनलमा प्रवेश गरेको दक्षिण अफ्रिका अस्ट्रेलियासँग नै पराजित भएर उपाधि विमुख भएको थियो ।