महिला टी-२० विश्वकप : उपाधिका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

महिला टी-२० विश्वकप : उपाधिका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै


काठमाण्डु-आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्दैछन् ।

नवौं संस्करणको फाइनल खेल दुबईमा राति पौने ८ बजे शुरू हुनेछ । सेमिफाइनलमा दक्षिण अफ्रिका अस्ट्रेलियालाई र न्युजिल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो ।

दक्षिण अफ्रिका र न्युजिल्यान्डले अहिलेसम्म उपाधि जितेका छैनन् । दक्षिण अफ्रिका गएको वर्षको विश्वकपमा उपविजेता बनेको थियो । यस्तै न्युजिल्यान्ड सन् २००९ र २०१० मा उपविजेता बनेको थियो ।

महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ । अस्ट्रेलिया सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० र २०२३ को विजेता हो । यस्तै इङ्गल्यान्ड पहिलो संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ को विजेता हो ।