महिला टी–२० विश्वकप : दक्षिण अफ्रिका र न्यूजिल्याण्डको विजयी सुरुवात

महिला टी–२० विश्वकप : दक्षिण अफ्रिका र न्यूजिल्याण्डको विजयी सुरुवात


काठमाण्डु-आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र न्यूजिल्याण्डले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले र न्यूजिल्याण्डले भारतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेका हुन् ।

दुबईमा भएको खेलमा एक सय १९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ ओभर ५ बलमा विना विकेटको क्षतिमा भेट्टायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।

यस्तैे अर्को खेलमा भारत न्यूजिल्याण्डसँग ५८ रनले पराजित भयो । टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । जीतका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा एक सय २ रनमा समेटियो ।

प्रतियोगितामा बङ्गलादेश र पाकिस्तानले पनि विजयी सुरुवात गरेका थिए ।