काठमाण्डु-आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले हराएको छ । शारजाहमा गएराति भएको खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभर २ बलमा ८८ रनमा समेटियो ।
त्यसअघि टस जितेर पहिला व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।
अष्ट्रेलियाले पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो भने न्युजिल्यान्डले भारतलाई हराएको थियो ।
प्रतिक्रिया