वुमन्स च्याम्पियन्स लिगको ट्रफी चन्द्रागिरिमा सार्वजनिक

वुमन्स च्याम्पियन्स लिगको ट्रफी चन्द्रागिरिमा सार्वजनिक


काठमाडौं – वुमन्स च्याम्पियन्स लिगको ट्रफी चन्द्रागिरिमा सार्वजनिक गरिएको छ । बिहीबार हुने फाइनल खेलको विजेताले पाउने ट्रफी बुधबार बिहान चन्द्रागिरिमा सार्वजनिक गरिएको हो ।

फाइनलमा पुगेका चितवन राइनोजकी कप्तान इन्दू वर्मा र क्याट क्वीन्स काठमाडाैंकी कप्तान रुविना क्षेत्रीले चन्द्रगिरिमा ट्रफि सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिकपछि आयोजित पत्रकार सम्मेलनमा दुवै कप्तानले डव्ल्यूसीएलको पहिलो उपाधि आफ्नो टिमले जित्ने दाबी गरेका छन् ।

चितवन सबै खेल जित्दै फाइनलमा पुगेको हो भने काठमाडौं समूह चरणका तीन खेल जितेको थियो । काठमाडौंले प्ले अफमा विराटनगरलाई पराजित गर्दै फाइनलमा चितवनसँगको उपाधि भिडन्त पक्का गरेको हो । फाइनल खेल बिहीबार त्रिवि मैदान कीर्तिपुरमा हुने छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधिका लागि क्याट क्वीन्स काठमाडौ र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् ।