वुमन्स डे कप टी–२० : तेस्रो स्थानका लागि नेपाल आज हङकङसँग खेल्दै

वुमन्स डे कप टी–२० : तेस्रो स्थानका लागि नेपाल आज हङकङसँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- युगान्डामा जारी चारदेशीय वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ । शृङ्खलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जीत मात्रै निकालेको छ ।

शुक्रबार भएको लिगको अन्तिम खेलमा नेपालले हङकङलाई छ विकेटले पराजित गरेको थियो भने एक खेलमा घरेलु टोली युगान्डालाई हराएको थियो । नेपालले आइतबार हङकङसँग तेस्रो स्थानको प्लेअफका लागि खेल्न लागेको हो । खेल दिउँसो पौने १ बजे शुरु हुनेछ ।

घरेलु टोली युगान्डा र नामिबियाले आइतबार नै फाइनल खेल्दैछन् । लिग चरणमा आयोजक युगान्डाले छ मध्ये चार र नामिबियाले तीन खेल जितेका थिए । फाइनल खेल बेलुका पौने ५ बजे शुरु हुनेछ