महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने


काठमाण्डु – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले भदौ यही २४ र २७ गते दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो ।

उक्त दुबै खेल काठमाण्डुको दशरथ रंगशालामा हुने जनाइएको छ । मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली सोमबार नेपाल आउने भएको छ ।

नेपालले एएफसी एसियन कप क्वालिफायर्सको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल एएफसी छनोटको समूह ‘एफ’मा छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन् ।