काठ तस्करीमा सेनाका अमलदार

काठ तस्करीमा सेनाका अमलदार


भैरहवा–नेपाली सेनाका एक जना अमलदार काठ तस्करीमा संलग्न रहेको पाइएको छ। रुपन्देहीको रामनगर सामुदायिक वनबाट अवैध रुपमा तस्करी भइरहेको काठसहित नेपाली सेनामा कार्यरत ३१ वर्षीय अमलदार हिमाल नेपालीसहित चार जना पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो।

वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक हेम केसीका अनुसार काठ २ वटा ठूला गोलिया रिक्सामा हालेर लैजाँदै गरेको अवस्थामा नेपालीसहित बुटवलका भीमबहादुर गुरुङ, पाल्पा तिनाउका रामबहादुर अर्गाली मगर, सोही ठाउँका पदम थापा  पक्राउ परेका हुन्।

काठसहित तीनजनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पठाइएको र सेनाको अमलदारलाई जबरजंग गण रामनगर ब्यारेक बुटवल बुझाइएको उनले बताए।

पक्राउ परेका हिमाल नेपाली सेनाको कर्मचारी रहेको जबरजंग गण रामनगर ब्यारेक बुटवलका कर्नेल अच्युत विक्रम शाहले पुष्टि गरे।