टी-२० विश्वकप : नेपालले आफ्नो अन्तिम खेल सोमबार बिहान बंगलादेशसँग खेल्ने

टी-२० विश्वकप : नेपालले आफ्नो अन्तिम खेल सोमबार बिहान बंगलादेशसँग खेल्ने


काठमाण्डु- नेपालले जारी टी-२० विश्वकप अन्तर्गत अन्तिम खेल सोमबार बिहान बंगलादेशसँग खेल्ने भएको छ ।

सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५ः १५ बजेदेखि हुदैँछ । नेपाल सुपर आठको दौडबाट भने बाहिरिएको छ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर, बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।