टी-२० विश्वकप फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ गर्दै

टी-२० विश्वकप फाइनल : भारतले टस जितेर पहिला ब्याटिङ गर्दै


काठमाण्डु- भारतले टी-२० विश्वकपको फाइनलमा टस जितेर दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

शनिबार राति बरबाडोसमा हुन लागेको यस फाइनलमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै दक्षिण अफ्रिकाले पहिला बलिङ गर्ने भएको छ ।

भारत २०१४ पछि पहिलो पटक टी २० विश्वकपको फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।