काठमाण्डु – नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर कतारमा हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न पाउने भएका छन् ।
न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश जारी गरेको हो ।
यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।
अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले फिफाबाट अनुमति पाएको छ ।
प्रतिक्रिया