विश्वकप फुटबलमा सट्टेबाजी लगाउने ४ जना पक्राउ

विश्वकप फुटबलमा सट्टेबाजी लगाउने ४ जना पक्राउ


काठमाडौं – विश्वकप फुटबलमा सट्टेबाजी खेलाएको आरोपमा महागनरीय प्रहरी परिसर, काठमाडौंले ४ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले शनिबार साँझ बालुवाटारबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा धापासीका २५ वर्षीय अमित श्रेष्ठ, २५ वर्षीय प्रमोद रानाभाट, बालुवाटारका २५ वर्षीय अनिल भण्डारी र बसुन्धराका ३४ वर्षीय निरे भनिने निराजन पौडेल रहेका छन् । उनीहरुले विश्वकपमा विभिन्न टिमहरुको हारजितको आधारमा विभिन्न व्यक्तिहरुसँग नगद लाभ लिने गरेको परिसरका डिएसपी मोहन थापाले बताए ।