विश्वकप फुटबलमा सट्टेबाजी लगाउने ३ जना काठमाडौंमा पक्राउ

विश्वकप फुटबलमा सट्टेबाजी लगाउने ३ जना काठमाडौंमा पक्राउ


काठमाडौं – विश्वकप फुटबल प्रतियोगितामा सट्टेबाजी लगाउने तीन जना काठमाडौंमा पक्राउ परेका छन् ।

विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले सोमबार बेलुका साढे ६ बजे काठमाडौं महानगरपालिका १५ चागलको बज्र होटल नजिकैबाट,प्रकट महर्जन, रामघाटका रेजिन महर्जन र चागलका सजेन शाहीलाई पक्राउ गरेको हो ।

सोमबार भएको विश्वकपका खेलमा पैसाको लेनदेन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट ६ लाख ९९ हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।