विश्वकप फुटबलको पुरस्कार १२ प्रतिशतले वृद्धि, ४० करोड अमेरिकी डलर पुग्याे

विश्वकप फुटबलको पुरस्कार १२ प्रतिशतले वृद्धि, ४० करोड अमेरिकी डलर पुग्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले आगामी सन् २०१८ मा हुने विश्वकपको पुरस्कार राशी ४० करोड अमेरिकी डलर रहने घोषणा गरेको छ।

 

 

फिफाले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरेकाे हो।

 

 

 

तीन वर्षअघि ब्राजिलमा भएको विश्वकपमा ३५ करोड ८० लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो।

 

 

उपविजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो।

 

 

विश्वकप फुटबलको सञ्चालक समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धी कानूनलाई शुक्रबार अनुमोदन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।