विश्वकै सर्वाधिक ’हटेस्ट’ महिला बलिउड नायिका प्रियंका चोपडा (फोटोसहित)

विश्वकै सर्वाधिक ’हटेस्ट’ महिला बलिउड नायिका प्रियंका चोपडा (फोटोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वकै हट महिला २०१८ घोषित भएकी छन्। बेलायतबाट प्रकाशन हुने ‘म्याक्सिम’ म्यागेजिनले तयार पारेको विश्वका सय हट महिलाको सूचीमा प्रियंकालाई पहिलो नम्बरमा राखिएको छ।

म्याक्सिम इन्डियाले विश्वका एक सय हट सुन्दरीमा गरेको उक्त सर्वेक्षणमा प्रियंका पहिलो स्थानमा परेकी हुन् । ब्ल्याक ब्युटी प्रियंकालाई उक्त म्यागाजिनले जुन–जुलाईको डबल अंकको कभर गर्ल बनाएको छ । त्यसो त उनी यसअघि पनि उक्त म्यागाजिनमा दुई पटक कभरमा अटाइसकेकी छन् ।

हलिउड फिल्म ‘बेवाच’ खेलेपछि उचाइ लिंदै गरेको उनको करिअरलाई अमेरिकी थ्रिलर सिरियल ‘क्वान्टिको’ ले नयाँ मोड ल्याइदिएको थियो ।सन् २००० की मिस वल्र्ड प्रियंका मोडलिङ हुंदै फिल्म अभिनयमा लागेकी थिइन् । अभिनयसंगसंगै उनले गायनमा समेत आफूलाई स्थापित गर्दै लगेकी छन् ।

अभिनयमा पर्फेक्ट मानिने प्रियंकालाई ग्ल्यामर फिल्डमा पाएको हटेस्ट वुमनको टाइटलका कारण अझ अगाडि बढ्न पक्कै उत्साह मिल्नेछ ।
बलिउडमा दह्रो प्रतिस्पर्धीका रूपमा दीपिका पादुकोण पाएकी प्रियंकाले हलिउडमा पनि उनको चुनौती सामना गरिरहेकी छन् ।

त्यसो त हलिउड पुगेरै पाएका सफलता हेर्ने हो भने दीपिकाभन्दा प्रियंका धेरै माथि पुगिसकेकी छन् । यति बेला उनी बलिउड र हलिउडसंगै भोजपुरी फिल्म निर्माणमा समेत व्यस्त छिन् । ३५ वर्षीया अभिनेत्री पछिल्लो समय अमेरिकी प्रेमी निक जोन्ससँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन्। उनी अहिले प्रेमीको सांगीतिक कार्यक्रममा साथ दिन ब्राजिल पुगेकी छिन्।