मानव वेचविखनविरुद्ध लड्ने सुनिता दनुवारको घोषणा

मानव वेचविखनविरुद्ध लड्ने सुनिता दनुवारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सरकारले शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको थियो ।

रिपोर्टर्स क्लब नेपालमा शक्ति समूह परिवारले मंगलबार पत्रकार सम्मेलन गरेर अमेरिकी सरकारको प्रतिष्ठित प्रतिष्ठान टिआईपी हिरो–२०१८ बाट सुनिता दनुवार सम्मानित भएको जानकारी गराएको हो ।

संस्थाकी अध्यक्ष बालकुमारी रानाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अवार्डडेड सुनिता दनुवारले उक्त सम्मानले अझै मानव बेचबिखनको बिरुद्धमा लड्नको लागि हौसला प्रदान गरेको बताईन् ।उनले भनिन्,‘आजको दिनमा पनि विभिन्न बहानामा नेपाली चेलीहरु संसारका विभिन्न देशमा पशुसरह बेचिन पुगेकी छन, ।

मलाई यो अवार्डले महिला शसक्तिकरण र प्रभावितहरुलाई पुर्नस्थापना गर्ने काममा लाग्न झनै ठूलो हौसला मिलेको छ, मानव बेचबिखनजस्तो अपराधिक काम निरुत्साहित हुनुको साटो बढिरहेको छ, हामी सबैले मिलेर मात्रै मानव बेचबिखनलाई समाप्त पार्न सक्छौं, स्वयम् हामीपनि प्रभावित व्यक्ति हौं, अनेकन बाहनामा नेपाली चेलीबेटीहरु भारत, खाँडी मुलुक र अन्य तेस्रो मुलुकहरुमा बेचिन पुगेकी छन यस्तो बिकराल स्थितिको अन्त्य गर्नुको विकल्प छैन् ।’

अस्थिर राजनीति, बेरोजगार, शिक्षाको कमी, प्रेम बिवाहजस्ता कुराहरुका कारण नेपाली यूवतीहरु अत्याचारको भुमरीमा फसेको बताउँदै सम्मानित भएकी दनुवारले एकसय ५० जनाको उद्धार, ७ सय बढिको पुुनःस्थापना गरेको जानकारी समेत गराईन् । मानव बेचबिखन नेपालको लागि मात्रै नभई विश्वकै डरलाग्दो विषय भएको भन्दै सरोकारवालाहरुले सरकारलाई साथ दिन आग्रह गरेका छन् । १८० देश मध्येबाट छानिएका १० जना समाजिक अभियन्ताहरुबाट सुनिता दनुवार‘टीआईपी हिरो’ बन्न सफल भएकी हुन ।